You are viewing the translated version of विशेष अनुसन्धान विधि र नवीन प्रविधिको प्रयोग गर्न सक्ने:.

Section 32B
विशेष अनुसन्धान विधि र नवीन प्रविधिको प्रयोग गर्न सक्ने:
अनुसन्धान अधिकारीले यस ऐन बमोजिम कसूरको -अनुसन्धान गर्दा देहायका विशेष अनुसन्धान विधि:र नवीन प्रविधिको प्रयोग गर्न सक्नेछ:-

(क) नियन्त्रित अनुसन्धान विधि (कन्ट्रोल डेलिभरी),

(ख) गुप्त अनुसन्धान कारबाही (अण्डर कभर अपरेशन), (ग) सम्बन्धित अदालतको अनुमति लिई टेलिफोन वा सञ्चार माध्यमको बिवरण प्राप्त गर्ने (इन्टरसेप्सन),

(घ) थप प्रमाण वा सूचना प्राप्त गर्ने उद्देश्यले निरन्तर _ निगरानीमा राखी तत्काल पक्राउ नगर्ने (अरेष्ट वेभर),

(ङ) सम्बन्धित अदालतको अनुमति लिई कम्प्यूटर: वा अन्य विद्युतीय साधनको संरचना वा प्रणालीमा पहुँच ।